काठमाडौंसहित चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका साथै पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दा बढी कोरोना संक्रमणका ‘एक्टिभ केस’ छन्।
त्यस्तै आज सोमबार ६ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्य छ।
कोरोना मुक्त हुने जिल्लाहरु धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् । जुन जिल्लामा एक जना पनि सक्रिय संक्रमित छैनन्।