logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सम्पूर्ण नेपालीमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना ब्यक्त


अंकुरण खबर
1.911K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा सम्पूर्ण नेपाली नागरिकको समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् ।

श्रीकृष्ण अक्ष्टकी पर्वको अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज सभ्यता र सम्पन्नताका सूचक भएको बताएका हुन् ।

उनले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकतावद्ध बनाउने विस्वास व्यक्त गरेकी छन् । धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न पर्वहरुले मद्दत पु¥याउने विश्वास व्यक्त गरीन् ।

राष्ट्रपति भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना पनि प्रकट गरेकी छन् ।