सरकारले लामो दुरीका यातयात भदौ १६ पछि मात्रै खुला गर्ने निर्णय गरेको छ ।
यसअघि भदौं १ बाट लामो दुरीका यातयात सञ्चालनमा आउने भनिएपनि कोरोना महामारीको जोखिम बढेका कारण सरकारले भदौ १६ पछि मात्रै खोल्ने निर्णय गरेको हो।
बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो।
बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।