डोटीको आदर्श गाँउपालिका–१ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीय लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको हो ।
त्यस्तै घटनामा परी उनकी आमा ताना लुहार र छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् ।
गए राती करिब एक बजेतिर घटना भएको जनाइएको छ । स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि साविकको जिल्ला सदरमुकाम ल्याइएको स्थानीय गोविन्द पार्कीले बततएका छन् ।
प्रहरी घटनास्थलमा पुगिसकेको छ ।