logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

आइसीयूमा उपचाररत धनुषाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
1.495K
Shares

कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

विदेह नगरपालिका वडा नम्बर आठका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोना विशेष अस्पताल जनकपुरमा बीस दिन देखि आइसीयूमा उपचाररत पुरुषको गएराति मृत्यु भएको हो । मृतक देश बाहिर कतै नगएका ब्यक्ति हुन् ।

पछिल्लो समय धनुषामा समुदाय स्तरमा कोरोना फैलिसकेको अनुमान गरिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो ।