logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदै छ कोरोबार ?


अंकुरण खबर
702
Shares

नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ८ सय रुपैयाँ घटेको छ ।

आज (मंगलबार) छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर एक लाख एक हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख एक हजार १०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य  प्रतितोला एक हजार ४ सय  सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।