logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


अंकुरण खबर
754
Shares

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी-९ नामटार घर भइ हेटौंडा उपमहानगरपालिक-११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

गए राति हेटौंडा-११ थाना भर्‍याङ सडकमा रोकिराखिएको बा. ९७ प ५४१३ नम्बरको ट्रकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना. ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। मोटरसाइकलमा पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते छन् । रासस