logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा २ पत्रकारसहित थप २३ जनामा कोरोना संक्रमण


अंकुरण खबर
871
Shares

विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गएराति गरिएको पीसीआर परीक्षणमा स्थानीय एक दैनिक पत्रिकाका सम्पादक र अर्का एक संवाददातासहित २३ जना संक्रमित थपिएका हुन्।

थप भएका संक्रमितहरूमध्ये सबैभन्दा बढी विराटनगर-१७ मा सातजना छन्। यस्तै विराटनगर-३ मा एक जना, वडा नम्बर-५ मा चारजना, ६ मा तीनजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा दुईजना, १५ मा एकजना संक्रमित भेटिएका छन्।

संक्रमितहरू ४ देखि ८० वर्ष उमेरसमूहा छन्। योसँगै विराटनगरमा ३१३ जनामा संक्रमण पुष्टि भएको छ।