logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिराहाका ८ र सप्तरीका ४ गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
767
Shares

सिराहाका ८ र सप्तरीका ४ गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको एकै वडाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुखीपुर नगरपालिकाको वडा नम्बर ९ का २१ बर्षदेखि ४२ वर्षसम्मका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाको वडा नम्बर २ मा २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो नगरपालिकाको वडा नम्बर ६ का ३४ वर्षीय, वडा नम्बर ९ का २७ वर्षीय, वडा नम्बर १० का ३० वर्षीय र वडा नम्बर १२ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।