logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
689
Shares

बाँकेमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा २६ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा बांकेका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ ।