logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

काठमाडौं उपत्यकामा थपिए १३४ जना कोरोना संक्रमित


अंकुरण खबर
962
Shares

काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ११० जना, भक्तपुरका ८ र ललितपुरका १६ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म काठमाडौंका १ हजार ५९, भक्तपुरका ९६ र ललितपुरका १५८ जना छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ३१३ पुगेको छ ।