logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायक निशान भट्टराईले प्रेमिका ऋचासँग गरे बिहे


अंकुरण खबर
1.443K
Shares

नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप गायक निशान भट्टराईले विवाह गरेका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वौच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको हो।

पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिएका थिए। ऋचाले निशानको स्वरमा समावेश ‘लाहुर जाने रेल’मा निशानसँगै अभिनय गरेकी थिइन्।