logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर बदली : बाढी र डुबानको जोखिम कायमै, सतर्कता अपनाउन महाशाखाको अनुरोध


अंकुरण खबर
728
Shares

पानी पर्ने क्रम नरोकिने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसमविद्ले बताएका छन् ।

आज देशभर बदली भई बाग्मती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पानी पार्ने मनसुनी न्युन चापीय रेखा नेपाल नजिकै रहेकाले आज दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै अरु धेरै ठाउँमा मेघ गर्जनसहित हल्का देखि मध्यम खालको पानी पर्ने छ ।

यस्तै राति बाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई ठाउँमा ठूलो र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैबीच बाँकेको डुबान भैरहने होचा ठाउँका बासिन्दालाई बिहान १० बजेसम्म नै सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।