logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा देखियो कोरोना


अंकुरण खबर
858
Shares

चितवनको भरतपुर कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १६ सहित २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार ३ सय १० वटा नमुना परीक्षण गरिएकोमा २१ जनामा कोरोना देखिएको हो । संक्रमण देखिएका मध्ये १२ जना भरतपुर महानगर भित्रका, ३ जना राप्ती नगरपालिका र १ जना इच्छाकामना गाउँपालिकाका छन् ।

अन्य ५ जना बाहिरी जिल्लाका भए पनि चितवनकै अस्पतालमा उपचार गराइरहेका ब्यक्तिहरु हुन् । भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष तथा ५ जना महिला हुन् । उनीहरुको स्वाब विभिन्न अस्पतालबाट लिइएको थियो । राप्ती ६ का तीन जना भने क्वारेन्टाइनमा बसेका थिए । इच्छाकामनाका एक जनाको पनि अस्पतालबाट स्वाब लिइएको थियो ।

भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँको क्वारेन्टाइनमा रहेका २ जनामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पताले जनाएको छ ।