नेपाली बजारमा बुधबार सुनको भाउ एकैदिन ६ हजार २०० रुपैयाँले घटेको छ ।
आज (बुधबार) छापावाला सुन एकैदिनको अन्तरमा ६ हजार २०० रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलामा एक लाख एक हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ७० डलर पुगेको सुनको मूल्य बुधबार प्रतिऔस १ हजार ८७५ डलरमा झरेको छ । बुधबार मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ५० डलरले घटेको हो ।