ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
ज्वरो, झाडापखाला र बान्ता भएपछि टेकुकी ती ७८ वर्षीया महिलालाई दुई दिनअघि किस्ट अस्पताल भर्ना गरिएको थियो ।
अरू अस्पतालले उपचार गर्न नमानेपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो। पाटन अस्पतालले पनि किस्टमा रेफर गरिदिएको थियो ।
उनको मंगलबार राति १ बजे मृत्यु भएको थियो । आज विहान ९ बजे आएको कोरोना रिपोर्ट पोजेटिभ छ ।