logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेवाग्राहीसँग घुस लिएको आरोपमा वन कार्यालयका अधिकृतसहित ६ जना पक्राउ


अंकुरण खबर
1.469K
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यादवसमेतले सेवाग्राहीसँग १७ हजार रूपैयाँ घुस लिएको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउत छन् ।

प्रहरीले पक्राउ गरेको उनीहरूलाई आयोगको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।