logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटी दुर्घटना अपडेट : मृतक तीनै जनाको परिचय खुल्यो


अंकुरण खबर
1.417K
Shares

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ ।

दुर्घटनामा परि अछाम चौरपाटी गाउँपालिका–७ मार्कुका ३० वर्षका टिकाराम बिक, मंगलसेन नगरपालिका–७ अछामका ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछामका ६० वर्षीय पदम साउँदको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले र्दिएको जानकारी अनुसार कैलालीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्बरको बस आज बिहान ५ बजे सडकबाट झण्डै सय  मिटर तल खसेर दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ ।

वर्षाका कारण सडक चिप्लो भएकाले बस पल्टिएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।