logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सल्यानमा १२ वर्षीया बालिकालाई विवाह गर्छु भन्दै करणी गर्ने एक जना पक्राउ


अंकुरण खबर
4.199K
Shares

सल्यान प्रहरीले विवाह गर्छु भनि प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका वडा न ६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार प्रहरीले प्रक्राउ गरेको हो ।

सल्यान कालिमाटी गाउँपालिका-३ स्थायी घर भई शारदा नगरपालिका-६ मा बस्दै आइरहेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

२५ गते राती बरलाको दौरेडाँडा भन्ने ठाउँमा विवाह गर्छु भनि प्रलोभनमा पारी जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताए ।

पक्राउ परेका परियारलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।