कान्तिपुर दैनिकमा कार्यरत् वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन्।
बानियाँ सोमबारदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले प्रहरी परिसर काठमाडौंमा खोजतलासको लागि निवेदन दिएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताए ।
उनको परिवार पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए । तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ ।
स्थायी घर तनहुँ भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।