तीन दिनदेखि सम्पर्कबिहिन रहेका कान्तिपुर दैनिकमा कार्यरत् वरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।
उनको शव मकवानपुरमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लो पटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखा परेको प्रहरीले जनाएको छ ।
बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ । बनियाँलाई बागमतीले बगाएर त्यहाँ पु¥याएको हुनसक्ने अनुमान गरिएको छ ।
बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए । बुधबार बिहान मात्रै उनी तीन दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले निवेदन दिएको थियो।