logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किष्ट अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
793
Shares

ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलाली घर भएका ७७ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

दम तथा मुटुका रोगी रहेका उनलाई २६ गते राति त्रिवी शिक्षण अस्पतालले किष्ट अस्पताल रेफर गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्युपछि स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।