logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा ८६ वर्षीया वृद्धासहित २३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.248K
Shares

कर्णाली प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ का एक पुरुषसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ५, ७, १० र १२ मा एक / एक जना, वडा नं. ३ र १२ का २–२ जना, वडा ११ मा ३ जना र ४ का ४ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरेन्द्रनगरका संक्रमित १८ जनामध्ये समुदायस्तरका ५ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै दैलेख अस्पतालमा पीसीआर परीक्षण गर्दा दैलेखको नारायण नगरपालिका वडा नं. १, ३, ५ र दुल्लु नगरपालिका वडा नं. ३ का एक / एक जनामा संक्रमण पुष्टि भएको छ ।