logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झिनो अंकले सुधारियो सेयर बजार


अंकुरण खबर
1.391K
Shares

बुधबार झिनो अंकले सुधार भएको सेयर बजारमा कारोबार रकम भने घटेको छ ।

बुधबार एक दशमलव ५१ अंकले बढेर १४ सय २५ दशमलव ३२ बिन्दुमा पुगेको छ । आज सेन्सिटिभ परिसूचक पनि शून्य दशमलव शून्य दुई अंकले बढेर दुई सय ९७ दशमलव २९ बिन्दुमा पुगेको छ ।

बुधबार एक सय ८८ कम्पनीको २० हजार सात सय १९ वटा कारोबारमा ३० लाख ३२ हजार तीन सय ११ कित्ता सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा परिसूचक बढे पनि  कारोवार रकम भने घटेको छ । मंगलबार सवा अर्बभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ९५ करोड १९ लाख ६० हजार दुई सय आठ रुपैयाँको मात्र कारोबार भएको छ ।

कुल १२ वटा समूहको कारोवार भएको नेप्सेमा छ वटा समूहको सूचक बढेर हरियो भएको छ भने छ वटा समूहको सूचक रातो भएको छ ।

बढ्ने समूहमा बाणिज्य बैंक समूह, निर्जीवन बीमा समूह, होटल, जीवन बीमा, उत्पादनमूलक र सामुहिक लगानी कोष रहेका छन् । बुधबार गुमाउनेमा  बिकास बैंक, जलविद्युत्, ट्रेडिङ, फाइनान्स, अन्य र लघुवित्त समूह रहेको छ् ।