काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरि बुधबार थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार काठमाडौंमा १०९, ललितपुरमा २१ तथा भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ ।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ४५१ पुगेको छ । यीमध्ये काठमाडौंका १ हजार १६८, भक्तपुरका १०४ र ललितपुरका १७९ जना छन् ।