logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

साँखुमा तीन जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।

नगरपालिका–९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।

सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्यसै शङ्खरापुर- ७ नगरपालिका भवन नजीकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ । बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए ।

बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।