logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

त्रिवि शिक्षण अस्पतालका डाक्टर र नर्समा कोरोना पुष्टि, आकस्मिक सेवा बन्द


अंकुरण खबर
1.079K
Shares

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण देखिएको छ ।

आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोनालाई भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए । उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक विभाग बुधबार नै सिल गरिएको छ ।

यी नर्सिङ स्टाफ र डाक्टरलाई लक्षणसमेत देखिएकाले अन्य स्वास्थ्यकर्मीलाई सर्न सक्ने भन्दै आकस्मिक विभाग सिल गरिएको उनले बताए । उनका अनुसार आकस्मिक विभागका अन्य केही स्वास्थ्यकर्मीलाई समेत ज्वरो आउने लक्षण देखिएको छ ।

आकस्मिक विभागमा रहेका करीब एक सय कर्मचारीको बिहीबार पिसीआर परीक्षण गरिने डा. दासले जानकारी दिए । अन्यलाई कोरोना भए नभएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने जनाइएको छ ।

अस्पतालका अन्य ओपिडी र ओटी सेवा भने सुचारु रहेको डा. दासले जानकारी दिए ।