सर्वोच्च अदालतका दुई जना न्यायाधीश आइसोलेसनमा बसेका छन् ।
सर्वोच्च अदालतका सुरक्षाकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि न्यायाधीशद्वय इश्वर खतिवडा र हरि फुयाँल आइसोलेसनमा बसेका हुन्।
यही साउन २२ गते न्यायाधीश हरि अधिकारीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि न्यायाधीश अधिकारीसहित एउटै बेन्चमा बसेका न्यायाधीश फुयाँल पनि आइसोलेसनमा बसेका हुन् ।
सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि सावधानी अपनाउँदै आफूहरू आइसोलेसनमा गएको उनीहरूले जनाएका छन् । आफूहरुमा कुनै लक्षण तथा असहजता नदेखिएको पनि उनीहरु जानकारी दिएका छन् ।