नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।
बुधबारसम्म घटिरहेको सुनको मूल्य आज फेरि तोलामा २ हजार ४ सय रुपैयाले बढेको हो ।
आज छापावाला सुन तोलामा २ हजार ४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा पुगेको छ ।