logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
897
Shares

मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंका अनुसार सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।

भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।