logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ


अंकुरण खबर
884
Shares

प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले अन्सारी पक्राउ परेको पुष्टि गरेको छ । अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो ।

काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो ।

त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो ।