logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३ पटक सिजरियन गरिएकी ९७ किलोकी महिलाको डा.नुतनले गरिन ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल सल्यक्रिया


अंकुरण खबर
4.069K
Shares

वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन एवं टेस्ट ट्युव बेबी विशेषज्ञ डा. नुतन शर्माले ९७ किलो तौल भएकी महिलाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरेकी छिन् ।

तीन पटक शल्यक्रियामार्फत प्रसूति गराएकी काठमाडौंकी ४३ वर्षीया सुनिता श्रेष्ठको डा. नुतनको टीमले नर्भिक अस्पतालमा ल्याप्रोस्कोपि प्रविधि मार्फत पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

डा नुतनले भनिन् ‘सामान्यतः तेस्रो अप्रेसनपछि पेट चिरेर शल्यक्रिया गर्नु निकै कठिन हुने गर्छ, त्यसमा पनि ९७ किलो तौल भएकी महिलाको मोटोपनाका कारण दूरबिनबाट शल्यक्रिया गर्नु अझै कठिन र दुर्लभ हो । तर आधुनिक प्रविधि र दक्षताका कारण नेपालमै हामीले जटिलभन्दा जटिल शल्यक्रिया पनि ल्याप्रोस्कोपी विधिमार्फत गर्न सम्भव बनाएका छौं।’

नेपालमा अझै पनि ल्याप्रोसकोपी प्रविधिप्रति जनविश्वास नरहेको अवस्थामा प्रसूति गराउने शल्यक्रिया बाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचारमा यो प्रविधि हरकुराले निकै लाभदायक रहेको डा. नुतनको भनाई छ ।

पुरानो तरिकाले गरिने सल्यक्रिया भन्दा यसरी दुरबिनको सहायताले गरिने सल्यक्रियामा घाँउ कम हुने,दुखाई कम हुने,पाक्ने संभावना कम हुने, छिट्टै निको हुने भएकाले यस प्रविधि प्रति विश्वास गरि प्रयोग गर्न पनि डा नुतनले सबैलाई आग्रह गरेकी छिन् ।