सुर्खेतमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर नमुना परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेकबेसी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरुमा १ देखि १३ वर्ष उमेरका ५ बालबालिकासमेत रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
सुर्खेतमा थपिएका संक्रमितसहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या २० हजार २५ पुगेको छ । उक्त प्रदेशमा अहिलेसम्म १९ सय १ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।