कर्णाली प्रदेशमा १८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएकोे परीक्षणमा सुर्खेत जिल्लाका ५ महिला र १३ पुरुष गरी १८ जना कोरोना संक्रमित थपिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
योसहित कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २ हजार ५२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा निको हुने संक्रमितको संख्या ६ रहेको छ । योसँगै कर्णाली प्रदेशमा निको हुने संक्रमितको संख्या १ हजार ९ सय १ पुगेको छ ।