काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार आज थपिनेमा काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जना छन् । योसँगै कोरोना संक्रमितको संख्या काठमाडौंमा १,२७९ भक्तपुरमा १०८ र ललितपुरमा १९० जना छन् ।