logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगर कोशी अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
1.04K
Shares

कोरोना भाइरसको संक्रमणबाट विराटनगरको कोशी अस्पतालमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष छन् ।

स्वासप्रश्वाससम्बन्धी समस्याका कारण मंगलबार अस्पताल भर्ना भएका उनको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार भर्ना भएका उनमा कोरोना संक्रमणको लक्षण देखिएपछि आइसोलेसनमा राखेर उपचार शुरु गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

कोरोना परीक्षणका लागि बिहीबार बिहान स्वाब संकलन गरी परीक्षणका लागि विराटनगरस्थित प्रदेश जनस्वास्थ्य ल्याबमा पठाइएको थियो । साँझ ७ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये यसअघि नै ४ जनाको मृत्यु भइसकेको छ ।