logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अविरल वर्षा : पहिरोमा पुरिएर कालिकोटमा एकै परिवारका ६ जनाको मृत्यु


अंकुरण खबर
1.677K
Shares

अविरल वर्षाका कारण कालिकोटमा पहिरो जादाँ पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

गए राती जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णालीका मुख्यमन्त्री स्वकीय सचिव खेम सिंहले जानकारी दिए ।

स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए ।