logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकमा भीषण पहिरो, १५ घर पुरिए, केही मानिस सम्पर्कविहीन


अंकुरण खबर
1.3K
Shares

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १५ घर पुरेको छ । पहिरोमा पुरिएर केही घरका मानिस सम्पर्कविहीन बनेका छन् । केही मानिसले भागेर ज्यान जोगाएका छन् । बस्तीमाथिबाट आएको पहिरोले घरहरु पुरेको हो ।

पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले उद्दारमा कठिनाई भएको बताइएको छ । पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीयले बताएका छन् ।

नजिकै प्रहरी र अर्को बस्ती पनि नभएकाले उद्दारमा समस्या भएको पहिरो प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् । कात्तिके भन्ने स्थानवाट पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिडेर मानिस पुग्ने सम्भावना कम भएकाले हेलिकप्टरमार्फत उद्दारको प्रयास भैरहेको गाँउपालिकाले जनाएको छ ।

बाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर पठाउने तयारी भैरहेको जानकारी दिएका छन् ।