logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक पहिरो अपडेट : गम्भीर घाइतेहरुको हेलिकोप्टरमार्फत उद्धार


अंकुरण खबर
1.612K
Shares

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा घाइते भएकाहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

पहिलो चरणमा चार जना गम्भीर घाइतेलाई उपचारका लागि चौतारा ल्याइएको हो । सभामुख अग्नीप्रसाद सापकोटाले ल्याएको हेलिकोप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल पुगेको थियो । सो हेलिकोप्टरले गम्भीर घाइते दुई पुरुष र दुई महिला उपचारका लागि चौतारा ल्याइएको छ ।

घटनामा कम्तीमा ३५ वेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

आज बिहान करिब साढे ६ बजेतिर पहिरो गएको हो । स्थानीय पेशलाल दोङका अनुसार २ जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकोले खोज तथा उद्धारमा समस्या भएको उनले बताए ।