logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य बढ्यो, आज कति पुग्यो ?


अंकुरण खबर
1.378K
Shares

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने तोलामा २ हजार ४ सय रुपैयाँले बढेको थियो।

आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ मा कायम भएको छ । त्यस्तै चाँदी पनि प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ तोकिएको छ ।