logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र महोत्तरीका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष रहेका छन् । संक्रमण हुनेहरुमा बारा जिल्लाका २१ जना, पर्सा जिल्लाका २५ जना र महोत्तरी जिल्लाका २ जना छन् ।