logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समुदायस्तरमा कोरोना सङ्क्रमण भेटिन थालेपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन


अंकुरण खबर
728
Shares

समुदायस्तरमा कोरोना सङ्क्रमण भेटिन थालेपछि बुटवलमा लकडाउन सुरु भएको छ ।

गएराति ११ बजेर ४५ मिनेटदेखि सुरु भएको लकडाउन भदौ ५ गते राति ११ बजेर ४५ मिनेटसम्म कायम रहने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

पछिल्लो समय समुदायस्तरमा कोरोना सङ्क्रमण भेटिन थालेपछि थप जोखिम बढेको भन्दै एक हप्ता लकडाउन गर्ने निर्णय भएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

लकडाउनपछि अत्यावश्यकबाहेक सबै पसल तथा व्यवसाय बन्द भएका छन् । खाद्यान्न पसल बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र खुल्न पाउनेछन् ।

सार्वजनिक र निजी गाडी चलाउन पाइने छैन । तरकारी बोक्ने गाडी परिचयपत्र देखाएर मात्र सञ्चालन गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरु ५० प्रतिशत जनशक्ति राखेर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनुमति लिएर खोल्न पाइने उपमहानगरपालिकाले जनाएको छ ।