logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक पहिरो अपडेट : तीन जनाको शव भेटियो, ३८ जना बेपत्ता (नामावली सहित)


अंकुरण खबर
884
Shares

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।

गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार, दिउँसो साढे १२ बजेसम्म ३८ जना बेपत्ता भएको खुलेको हो ।

आज बिहान खसेको पहिरोबाट तीन जनाको शव निकालिएको छ । तामाङ वस्तीमा पहिरो खसेकाले बेपत्ता हुने सवै तामाङ छन्। स्थानीय सुरक्षा निकाय, गाउँपालिका र स्थानीयले बेपत्ता हुने ३८ जनाको नामावली संकलन गरेको छ ।

लेक क्षेत्रमा पर्ने उक्त वस्तीमा १३७ परिवार छन्। त्यस मध्ये ३७ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

पहिरोमा परी बेपत्ता हुनेहरुः

१. छविलाल दोङ
२. सोमरानी दोङ
३. धनलक्ष्मी
४. शिरमाया दोङ
५. विवरानी दोङ
६. साहिँली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ति
१२. जीते झाँक्री
१३. सानुकान्छी दोङ (गर्भवती)
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९. टीकामाई दोङ
२०. छिरिङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रीति दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङ्ची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनिस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुश दोङ
३७. सुवास तामाङ
३८. टीकामाई दोङ