त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डाक्टर नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर दन्तकुमार दासका अनुसार अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा डाक्टर एकजना, २ जना नर्सिङ स्टाफ र एकजना हेल्थ असिस्टेन्ट छन् ।
त्रिवि शिक्षण अस्पतालमा यसअघि १८ जना डाक्टर नर्ससहितका स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन् । उनीहरु सबै त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा उपचारत रहेको डा दासले बताए ।