logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण तनावमा रहेका बैंकका कर्मचारीलाई अनलाइनबाट योगा गराउन राष्ट्र बैंकको निर्देशन


अंकुरण खबर
1.248K
Shares

कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुने मानसिक तनाव व्यवस्थानको प्रबन्ध मिलाउन राष्ट्र बैकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले ‘कोभिड-१९ संक्रमण जोखिमको व्यवस्थापन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना २०७७’ जारी गर्ने क्रममा कोभिड-१९ बाट कर्मचारीमा उत्पन्न हुने तनाव व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।

उक्त निर्देशिकाअनुसार मानसिक तनावमा रहेका कर्मचारीको पहिचन गरी अनलाइन माध्यमबाट योगा तथा तनाव व्यवस्थापनका लागि नियमित परामर्श र तालिम दिने व्यवस्था मिलाउनु पर्नेछ । यसका लागि कर्मचारीको सूची तयार गरी समय-समयमा तनाव व्यवस्थापनका लागि आवश्यकता अनुसार योग, ध्यान, परामर्श, हास्य कलाकारको उपयोगलगायतका कार्यक्रम अनलाइनमार्फत् सञ्चालन गर्नु पर्नेछ। बैंकर्स प्रशिक्षण केन्द्रले यसको जिम्मेवारी दिनु पर्नेछ ।

राष्ट्र बैंकले कोरोना संक्रमणको उच्च जोखिमलाई ख्याल राख्दै बैंकहरुलाई बसको व्यवस्था गर्न निर्देशन दिएको छ । बैंकहरुले आफ्ना कर्मचारीहरुलाई सार्वजनिक यातायात प्रयोग नगराउन राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।