गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा गएको पहिरो निरिक्षण तथा उद्धार सामाग्री लिएर उडेका छन्।
नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापा सिन्धुपाल्चोक लागेका हुन। सभामुख अग्निप्रसाद सापकोटा भने घटनास्थल पुगिसकेका छन्।
पहिरोमा पुरिएकामध्ये तीन जनाको शव निकालिएको छ। पुरिएका ३८ जनामध्ये हालसम्म ५ जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए । शवको पहिचान भने हुन सकेको छैन।
पहिरोका कारण ३८ जना बेपत्ता छन् । बेपत्ताको संख्या थपघट हुनसक्ने बताइएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएका यमु ल्हामु दोङलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौं ल्याई बानेश्वरस्थित सिभील अस्पतालमा उपचार भइरहेको छ । अन्य चारजना घाइतेको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा उपचार भइरहेको छ ।