logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुलीमा दुई सैनिकसहित १३ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.69K
Shares

दुई जना सैनिकसहित सिन्धुलीमा १३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

समुदायमा कोरोना देखिएपछि एक सय ८८ जनाको स्वाब संकलन गरिएकोमा आज आएको रिपोर्टमा १३ जनालाई कोरोना देखिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताए ।

संक्रमण देखिकाहरुमा सात जना विदेशबाट आएर क्वारेन्टाइनमा बसेका रहेका छन् ।

त्यस्तै, कमलामाई नगरपालिका ७ का एक जना, पर्यावरण गण रानीवासका दुई जना सैनिक, सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी एक जना र कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा रहेका तीनमा कोरोना देखिएको हो ।

एकै दिन १३ जनामा कोरोना देखिएपछि सिन्धुली अस्पतालमा राख्न समस्या भएको छ । बेड नपुग्दा कहाँ राख्ने भन्ने एकीन नभएको अस्पतालका व्यवस्थापक श्रेष्ठले बताए ।