logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा २० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
884
Shares

तनहुँको भानु नगरपालिका वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा भानु नगरपालिका वडा नम्बर १ का १४ पुरुष र ६ महिला गरी २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको  गण्डी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितहरु पाँचदेखि ५६ वर्ष उमेर समूहका छन् ।

संक्रमण हुनेमा भानु–१ भन्सारका वर्कसप, मासु व्यवसायी र स्थानीय व्यक्ति रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार गत सोमबार दुई जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङमार्फत १२२ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो । तीमध्ये  ८४ जनाको रिपोर्ट आउँदा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य ३८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।