logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५ हजार नाघ्यो


अंकुरण खबर
741
Shares

नेपालमा थप ५९४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५९४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर २४० जना घर फर्किएका छन्।