logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ११९ जना कोरोना संक्रमित


अंकुरण खबर
715
Shares

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११९  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ६७६ पुगेको छ । यीमध्ये काठमाडौंका १ हजार ३६२ जना, भक्तपुरका ११३ जना र ललितपुरका २२० जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।